२५ पुस, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।
इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा हुन गइरहेको पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4