News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुन गइरहेको छ।
- महाधिवेशन आयोजक समितिले पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई उद्घाटन कार्यक्रममा विशिष्ट आतिथ्यताका लागि निम्तो पठाएको छ।
- महाधिवेशनले पार्टीको नीति, संगठन र नेतृत्वलाई जनभावनाअनुरुप थप सुदृढ र गतिशील बनाउने उद्देश्य राखेको छ।
२६ पुस, काठमाडौं । नेपाली कांगेसको दोस्रो महाधिवेशन आयोजक समितिले पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई निम्तो पठाएको छ ।
विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा विशिष्ट आतिथ्यताका लागि निम्तो दिइएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।
आचार्यद्वारा हस्ताक्षतिर पत्रमा बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको नीति, संगठन र नेतृत्वलाई जनभावनाअनुरुप थप सुदृढ र गतिशील बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना गर्न लागेको उल्लेख छ ।
‘यो महाधिवेशन नेपाली कांग्रेसका लागि वैचारिक स्पष्टता र संगठनात्मक पुनर्जागरणको महत्वपूर्ण अवसर हो । नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुन गइरहेको व्यहोरा अनुरोध गर्दछौं,’ खड्कालाई दिइएको निम्तोपत्रमा भनिएको छ, ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशको लागि’ भन्ने मूल मर्मका साथ हुन गइरहेको विशेष महाधिवेशनको समुद्घाटन समारोह निम्न मिति स्थान र समयमा हुने हुँदा उक्त समारोहको समुद्घाटन र गरिमामय विशिष्ट आतिथ्यताका लागि सादर आमन्त्रण गर्दछौं ।’
प्रतिक्रिया 4