News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठले नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका छन्।
- श्रेष्ठले कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा नयाँ युवायुवतीलाई मौका दिनुपर्ने बताए।
- उनले आफू कुनै लोभ बोकेर नआएको र पार्टी हितका लागि त्याग गर्न तयार रहेको धारणा व्यक्त गरे।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका हुन् ।
‘पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । नयाँ युवायुवतीलाई मौका दिनुपर्छ,’ उनले भने, ‘इतिहासको ब्याज खाएर मात्र अब चल्दैन ।’
उनले आफू कुनै लोभ बोकेर नआएको भन्दै पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न नेतृत्व तयार हुनु पर्ने बताए ।
‘म कुनै लोभ बोकेर यहाँ आएको छैन । कुनै अपेक्षा लिएर पनि आएको होइन । पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुनुपर्छ भन्ने धारणा लिएर आएको हुँ । मैले इतिहासका धेरै उथपलपुथल देखेको छु, धेरै अनुभव पनि गरेको छु,’ उनले भने ।
प्रतिक्रिया 4