+
+
Shares

विशेष महाधिवेशनले हुक्के, बैठके र चम्चेहरूको विनाश गर्नेछ: तीर्थ थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीभित्र मौलाएको गलत संस्कारको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो।
  • उहाँले विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ र हुक्के, बैठके र चम्चेहरूको विनाश गर्नेछ भन्नुभयो।
  • उहाँले अब पार्टीको नेतृत्व युवाले सम्हाल्ने र मुलुक बचाउने अभिभारा युवाले नै पूरा गर्ने बताए।

२७ पुस, काठमाडौं । सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ थापाले विशेष महाधिवेशनले पार्टीभित्र मौलाएको गलत संस्कारको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीभित्र नेतृत्वको वरिपरि रहेर स्वार्थ सिद्ध गर्ने संस्कृति बढिरहेको बताए ।

उनले भने, ‘यो विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ । हुक्के, बैठके र चम्चेहरूको विनाश गर्नेछ,’ उनले भने, ‘अब पार्टीको नेतृत्व युवाले सम्हाल्नेछन् । मुलुक बचाउने अभिभारा युवाले नै पूरा गर्नेछन् ।’

उनले सबैको सम्मान, सुरक्षा र पहिचान स्थापित हुने गरी विशेष महाधिवेनले निर्णय लिनेमा सबै सांस्कृतिककर्मीहरू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?