News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
- दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ।
- प्रारम्भिक रिपोर्टमा कार्डियाक अरेस्टले उनको निधन भएको जनाइएको छ र शल्यपरिक्षणको काम दिल्लीको दिनदयाल अस्पतालमा भइरहेको छ।
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।
दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरिक्षणको काम चलिरहेको जानकारी प्रशान्त निकट कलाकार राजेश घतानीले दिए ।
उनका अनुसार, प्रशान्तको मृत्युको खबर पाउने वित्तिकै अहिलेका उनका पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् । प्रशान्तका बुबाआमाको चाहिँ यसअघि नै निधन भैसकेको छ ।
‘उहाँको अन्त्येष्टि दार्जिलिङमै सम्मानसाथ हुने भएको छ । जीटीए सरकारले भोलि शव लैजानेछ’ घतानीले भने, ‘अहिले शल्यक्रिया चल्दैछ । त्यसपछि मृत्युको वास्तविक कारण थाहा हुनेछ ।’
प्रारम्भिक रिपोर्टमा चाहिँ ‘कार्डियाक अरेस्ट’ ले उनको निधन भएको मिडिया विवरणमा जनाइएको छ । उनको निधनको खबरलाई भारतीय सञ्चारमाध्यमले महत्वको साथ प्रकाशन, प्रसारण गरिरहेका छन् ।
अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएपछि उनको मृत्यु भएको जनाइएको छ । सन् २००७ मा भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेपछि उनी चर्चामा आएका हुन् ।
त्यसपछि उनले एकदर्जन नेपाली फिल्ममा अभिनय र काम गरेका छन् । उनले दर्जनभन्दा धेरै हिट गीत दिएका छन् । नेपालीभाषीलाई एकताको सूत्रमा बाँध्न उनको योगदान उच्च रहेको जनाइएको छ ।
प्रतिक्रिया 4