News Summary
Generated by OK AI. Editorially reviewed.- एक्सन ड्रामा फिल्म 'हन्टर' को ४५ दिनको छायांकन पश्चिमका विभिन्न स्थानमा सकिएको छ।
- निर्देशक जीवन सिंहले वास्तविक घटनालाई काल्पनिकरुपमा रुपान्तरण गरिएको बताए।
- फिल्मको प्रदर्शन मिति पोस्टप्रोडक्सन सकिएपछि मात्र घोषणा गरिने निर्देशक सिंहले जानकारी दिएका छन्।
काठमाडौं । एक्सन ड्रामा फिल्म ‘हन्टर’ को छायांकन सकिएको छ । ४५ दिन लगाएर पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।
जीवन सिंहको डेब्यू निर्देशन रहेको यो फिल्मलाई क्याच कक इन्टरटेनमेन्ट प्रालिले प्रस्तुत गरेको हो । पटकथाकार र सम्पादक पनि सिंह स्वयम हुन् ।
सुदूरपश्चिम नेपालको कथा पेश गर्ने फिल्मलाई वास्तविक जीवनबाट प्रेरित रहेको बताइएको छ । वास्तविक घटनालाई काल्पनिकरुपमा रुपान्तरण गरिएको निर्देशक सिंहले बताए ।
शीर्ष भूमिकामा अरुण क्षेत्री छन् । प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय छ ।
कृष्ण थापाको छायांकन रहेको फिल्ममा एक्सन कोरियोग्राफी शुक्र साहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको नृत्य निर्देशन रहेको फिल्ममा बाबुल गिरीको संगीत छ । कार्यकारी निर्माता रोयल भीमसेन हुन् ।
ममता सिंह, गोविन्द रोक्का र राज भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द सह-निर्माता छन् । प्रदर्शन मिति तय छैन । पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4