+
+
Shares

‘इन्डिया आर्ट फेयर २०२६’मा नेपाली कलाकारको प्रदर्शनी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित डान्फे आर्ट्सले फेब्रुअरी ५ देखि ८ सम्म नयाँ दिल्लीमा हुने 'इन्डिया आर्ट फेयर २०२६' मा ६ जना नेपाली कलाकारहरूको सामूहिक कला प्रदर्शनी गर्ने भएको छ।
  • 'सेयर्ड टेरेन' शीर्षकको प्रदर्शनीमा सुनिता महर्जन, सञ्जीप महर्जन, सुष्मा शाक्य, साहिल भोपाल, प्रियंका महर्जन र अनिल शाहीका कला प्रदर्शन गरिनेछ।
  • प्रदर्शनीले परम्परागत विरासतलाई वर्तमान जीवन्त र विकसित मानचित्रका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

काठमाडौं । काठमाडौंस्थित डान्फे आर्ट्सले आगामी फेब्रुअरीमा हुने ‘इन्डिया आर्ट फेयर २०२६’ मा ६ जना नेपाली कलाकारहरूको सामूहिक कला प्रदर्शनी गर्ने भएको छ ।

‘सेयर्ड टेरेन’ शीर्षक दिइएको यस प्रदर्शनीमा ६ जना नेपाली कलाकारहरूका विभिन्न सिर्जनाहरू प्रदर्शनी गरिने भएको हो ।

उक्त प्रदर्शनी फेब्रुअरी ५ देखि ८ सम्म नयाँ दिल्लीको ओखलास्थित एनएसआईसीमा हुनेछ । उक्त प्रदर्शनीमा डान्फे आर्ट्सले कला प्रदर्शन गर्ने रूपमा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

यसअघि सन् २०२४ र २०२५ मा समानान्तर कार्यक्रम र ‘यङ कलेक्टर्स प्रोग्राम’ मा सहकार्य गरेको थियो ।

डान्फे आर्ट्सका संस्थापक शिवाङ्गी वंशलले क्युरेट गर्ने प्रदर्शनीमा सुनिता महर्जन, सञ्जीप महर्जन, सुष्मा शाक्य, साहिल भोपाल, प्रियंका महर्जन र अनिल शाहीको कला राखिने छ ।

यस प्रदर्शनीले परम्परागत विरासतलाई इतिहासको अवशेषको रूपमा मात्र नभई वर्तमानको जीवन्त र विकसित मानचित्रका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको बताइएको छ ।

प्रदर्शनीमा सहभागी कलाकार सुनिता महर्जनले कीर्तिपुरको सहरीकरण र भूमिसँगको फेरिँदो सम्बन्धलाई चित्रण गर्ने छन् भने सञ्जीप महर्जनले मल्ल र लिच्छविकालीन कला शैलीलाई आधुनिक मूर्ति र चित्रकलामा जोड्ने छन् । \

त्यस्तै, सुष्मा शाक्यले वातावरणीय र आध्यात्मिक चेतसहितका अनुसन्धानमूलक कला प्रस्तुत गर्दा साहिल भोपालले तिब्बती बौद्ध परम्पराको थान्का शैलीमार्फत देवी ताराको स्वरूपलाई आधुनिक जीवनका डरहरूसँग जोडेर प्रस्तुत गर्ने छन् ।

कलाकार प्रियंका महर्जनले महिलाहरूको विरासत र स्मृतिलाई कलामा उतार्ने छन् भने अनिल शाहीले पौराणिक विषय र आधुनिक सहरी जीवनको व्यङ्ग्यात्मक संयोजनलाई ‘सर्रियर’ शैलीमा प्रस्तुत गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?