५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले चुनाव चिह्न रुख र चारतारे झण्डाबाहेक अन्यथा कल्पना पनि गर्न नसक्ने बताएका छन् ।
उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा बीपी कोइरालाले जन्माएको रुख चुनाव चिह्न र चारतारे झण्डाबाहेक अन्यथा सोच्न नसक्ने बताएका हुन् ।
‘म बीपी कोइरालालाई भगवान् र आदर्श मानेर राजनीतिमा आएको हुँ । बीपी कोइरालाले जन्माउनु भएको रुख चुनाव चिन्ह र चारतारे झण्डाबाहेक अन्यथा सोच्न वा कल्पना गर्न पनि म मात्र होइन, हामी सबै सक्दैनौं,’ निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य खड्काले भनेको छन् ।
उनले कारण काठमाडौंमा रहेका नेता–कार्यकर्ताहरूलाई मंगलबार खादबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित भएर उम्मेदवारी मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध पनि गरेका छन् ।
‘रुख चिन्हमा मतदान गर्न र गराउन सम्पूर्ण नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा संखुवासभाका सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक अपिल गर्दछु,’ खड्काले भनेको छन् ।
प्रतिक्रिया 4