News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीमा फागुन २१ को निर्वाचनका उम्मेदवार छनोटमा नेताहरूबीच मतभेद सुरु भएको छ।
- कैलाली १ बाट प्रदेश सभापति प्रकाश बिष्टले टिकट नपाएपछि उनका समर्थकहरू असन्तुष्ट भएका छन्।
- टीकापुर नगर सभापति रविन्द्र बिष्टले उम्मेदवार परिवर्तन नभए कैलालीमा रास्वपाले चुनाव जित्न नसक्ने बताएका छन्।
५ माघ, काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवार छनोटको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीमा नेताहरूबीच मतभेद सुरु भएको छ ।
कैलाली-१ मा कोमल ज्ञावली, २ मा केपी खनाल, कैलाली-३ मा लक्ष्मण थारू, ४ मा हरि रेग्मी, ५ मा आनन्द चन्दलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
साविक नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थारूवान-थारूहट अभियन्तासँगको एकतापछि कैलालीका ५ मध्ये २ निर्वाचन क्षेत्रमा साविक नाउपा र थारूवान-थारूहट अभियन्तालाई टिकट वितरणको भागबन्डा गरिएको थियो ।
कैलाली १ बाट प्रदेश सभापति प्रकाश बिष्ट आकांक्षी थिए । एकल सिफारिसमा परेका उनले टिकट पाएनन् । उनले टिकट नपाएपछि उनका समर्थकहरू असन्तुष्ट बनेका छन् ।
त्यस्तै कैलाली ५ मा पनि चन्दलाई टिकट दिएको विषयमा पनि नेताहरूले असन्तुष्ट व्यक्त गरेका छन् । भीमबहादुर बोहरा एकल सिफारिस हुँदा पनि चन्दलाई टिकट दिएकोमा नेताहरूले असन्तुष्ट व्यक्त गरेका छन् ।
टीकापुर नगर सभापति रविन्द्र बिष्टले उम्मेदवार परिवर्तन नभए कैलालीमा रास्वपाले चुनाव जित्नै नसक्ने बताए । उनले फेसबुकमै लेखेका छन्, ‘निर्णय नसच्चिए कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपा चैट हुन्छ ।’
प्रतिक्रिया 4