+

जेनजी आन्दोलनका घाइते प्रकाश रास्वपाको समानुपातिक सूचीमा

२०८२ माघ  ५ गते १५:४४ २०८२ माघ ५ गते १५:४४
जेनजी आन्दोलनका घाइते प्रकाश रास्वपाको समानुपातिक सूचीमा

५ माघ, काठमाडौं । जेनजी आन्दोलनका घाइते भएका प्रकाश बोहोरा रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । गत भदौ २३ गते भएको आन्दोनको क्रममा उनको खुट्टामा गोली लागेको थियो । र उनको रक्ताम्य जुत्ता आन्दोलनको ‘आइकन’ बनेको थियो । उनै प्रकाशलाई रास्वपाले समानुपातिकतर्फको उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा रास्वपाको खस आर्यतर्फको चौथो सूचीमा उनको नाम छ । घाइते बोहोरा हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । राजनीतिमा आउने सोच नभएपनि परिपस्थितिले आएको उनले बताए ।

बालेनसँग उनले भेट गरेपछि उनी समानुपातिकतर्फको सूचीमा परेका हुन् । ‘जेनजी घाइतेलाई समावेश गरेकोमा खुुसी लागेको छ । तर म पर्नुपर्छ भन्ने थिएन । घाइतेमध्येबाट जसलाई समेटेको भए पनि हुने थियो,’ उनले भने ।

सुशान र भ्रष्टाचारको अन्त्यका लागि काम गर्ने योजना उनको छ । घाइते प्रकाशको मेजर र माइनर गरेर चार वटा अप्रेसन भयो । खुट्टामा रड हालिएको छ ।

रास्वपा समानुपातिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?