५ माघ, काठमाडौं । जेनजी आन्दोलनका घाइते भएका प्रकाश बोहोरा रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । गत भदौ २३ गते भएको आन्दोनको क्रममा उनको खुट्टामा गोली लागेको थियो । र उनको रक्ताम्य जुत्ता आन्दोलनको ‘आइकन’ बनेको थियो । उनै प्रकाशलाई रास्वपाले समानुपातिकतर्फको उम्मेदवार बनाएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा रास्वपाको खस आर्यतर्फको चौथो सूचीमा उनको नाम छ । घाइते बोहोरा हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । राजनीतिमा आउने सोच नभएपन परिपस्थितिले आएको उनले बताए ।
बालेनसँग उनले भेट गरेपछि उनी समानुपातिकतर्फको सूचीमा परेका हुन् । ‘जेनजी घाइतेलाई समावेश गरेकोमा खुुसी लागेको छ । तर म पर्नुपर्छ भन्ने थिएन । घाइतेमध्येबाट जसलाई समेटेको भए पनि हुने थियो,’ उनले भने ।
सुशान र भ्रष्टाचारको अन्त्यका लागि काम गर्ने योजना उनको छ । घाइते प्रकाशको मेजर र माइनर गरेर चार वटा अप्रेसन भयो । खुट्टामा रड हालेको छ ।
प्रतिक्रिया 4