+
+
Shares

कांग्रेस नेता मीन विश्वकर्मा चुनाव नलड्ने

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।
  • विश्वकर्माले नयाँ पुस्ताको राजनीति र जनप्रतिनिधित्वका लागि आफूले उम्मेदवारी नदिने व्यक्तिगत निर्णय गरेको फेसबुकमा लेखेका छन्।
  • उनले पार्टीका आधिकारिक उम्मेदवारलाई मन, वचन र कर्मले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु,’ विश्वकर्माले फेसबुकमा लेखेका छन् ।

उनले पार्टीका आधिकारिक उम्मेदवारलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘जो रूख चुनाव चिन्हको आधिकारिक उम्मेदवार बन्नहुन्छ, उहाँलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसका सबै उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गर्दछु,’ विश्वकर्माले भनेका छन् ।

बदलिदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका नेता–कार्यकर्ताहरू एकै स्वर र एकै चुनाव चिन्ह लिएर आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण वनाउन गरिएको भगिरथ प्रयासका सकारात्मक लक्षणहरू देखिन थालेको भन्दै उनले मनमा थौरै भए पनि खुशी छाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?