News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दोलनका देश जलाउनेहरूसँग आफूहरूलाई कुनै डर नभएको बताएका छन्।
- विश्वकर्माले देश जलाउने लुसिफर र पपुलिजम खेती गर्नेहरूसँग खासै डर नरहेको र यो क्षणिक हुने उल्लेख गर्नुभयो।
- सिंहदरबार, संसद् भवन, सर्वोच्च लगायत लोकतन्त्रका धरोहर जलाउनेहरूबाट पनि त्यत्ति डर नरहेको विश्वकर्माले बताउनुभयो।
१५ पुस, काठमाडौंँ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जेनजी आन्दोलनको क्रममा देशै जलाउनेहरूसँग आफूहरूलाई कुनै डर नभएको बताएका छन् ।
मंगलबार काठमाडौँमा मदन-आश्रिम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा खतराको दुष्ट धृष्टताबाट नभई सज्जनको निषेधबाट भएको बताएका हुन् ।
उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग खासै डर नरहेको पनि बताए । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद् भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरू जलाउनेहरूबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उनको भनाइ छ ।
यस्तो छ विश्वकर्माको भनाइ
अहिले हामीले नेपालमा पटक-पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियानको पात्र नेपाली कांग्रेस र नेकपा एमालेका सदस्य साथीहरू बनिरहनु त भएको छैन ? कतै कतै लाग्छ । समाजमा खतरा दुष्टको धृष्टताबाट छैन, सज्जनको निषेधले हुन्छ । आज यो देश जलाउने लुसिफरहरुबाट हामीलाई खतरा छैन । आज ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर छैन । आज विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद् भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरू जलाउनेहरूबाट पनि त्यत्ति डर छैन । यिनीहरू संसारभर नै क्षणिक हुन् ।
प्रतिक्रिया 4