News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत थाइल्यान्डले जिम्बाबेलाई १ रनले पराजित गरेको छ।
- थाइल्यान्डले दिएको ११६ रनको लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ११४ रन मात्र बनाउन सक्यो।
- थाइल्यान्डका नानपत कोन्चारोन्काइले ५४ रन बनाएकी थिइन् भने जिम्बाबेका मोदेस्तर मुपाचिक्वाले ३६ रन बनाइन्।
६ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार भएको पहिलो खेलमा थाइल्यान्डले जिम्बाबेमाथि १ रनको रोमाञ्चक जित निकालेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा थाइल्यान्डले जिम्बाबेलाई १ रनले पराजित गरेको हो । थाइल्यान्डले दिएको ११६ रनको लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर ११४ रन बनायो ।
एक समय १६ ओभरमा ८९-३ को अवस्थामा रहेको जिम्बाबेले त्यसपछिको ओभरमा २ विकेट गुमायो । अन्तिम ओभरमा जिम्बाबेलाई ९ रन आवश्यक थियो । फनिता मायाले ७ रन मात्र दिएर अन्तिम बलमा विकेट पनि लिइन् । १ बलमा २ रन आवश्यक हुँदा जिम्बाबेले विकेट गुमाएको थियो ।
जिम्बाबेका लागि मोदेस्तर मुपाचिक्वाले सर्वाधिक ३६ रन बनाइन् । थाइल्यान्डका थिपात्चा पुथावङले २ तथा सुनिदा चतुरोगरतनाले १ विकेट लिइन् । ३ ब्याटर रनआउट भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।
थाइल्यान्डका लागि नानपत कोन्चारोन्काइले सर्वाधिक ५४ रन बनाइन् । नथाकन चन्थमले २६ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।
थाइल्यान्डले पहिलो खेलमा नेपाललाई हराएको थियो । जिम्बाबे भने नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
जिम्बाबेले अब नेपाल र स्कटल्यान्डसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4