News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले काठमाडौंका निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको छ।
- काठमाडौं–३ मा रमेश अर्याल, ४ मा सचिन तिमल्सिना, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई टिकट दिइएको छ।
- कांग्रेसले काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेल र ६ मा सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ।
६ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका थप पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ ।
संसदीय बोर्डले मंगलबार दिउँसो बसेको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको हो ।
कांग्रेस स्रोतका अनुसार काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाइएको छ । ४ मा सचिन तिमल्सिनालाई टिकट दिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ८ मा सपना राजभण्डारीले टिकट पाएकी छन् ।
यस्तै, क्षेत्र नम्बर ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई टिकट दिइएको छ ।
कांग्रेसले यसअघि काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेललाई दोहोर्याउँदै ६ मा काठमाडौं सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4