६ माघ, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री हितबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
निवर्तमान सांसदसमेत रहिसकेका तामाङले यसै क्षेत्रमा यसअघि निर्वाचन जित्दै आएकोमा पुनः उम्मेद्वारी दिएका हुन् ।
२०६४ को पहिलो र २०७० मा दोस्रोे संविधानसभा निर्वाचनमा काँग्रेस नेता डा.रामशरण महतसँग झिनो मतान्तरले पराजय भोगेका उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनै महतलाई पराजित गर्दै सांसदमा विजयी भएका थिए ।
२०७९ को निर्वाचनमा एमालेका बद्री मैनालीलाई हराउँदै पुनः संसदको यात्रा तय गरी मन्त्रीसमेत बन्न सफल भएका थिए । यसपटक पनि मैनालीसँगै नेता तामाङको प्रतिष्पर्धा हुने भएको छ भने काँग्रेसबाट डा. प्रकाशशरण महत प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, नेपाली कांग्रेसबाट डा. प्रकाशसरण महत, नेकपा एमालेबाट बद्री मैनालीले उम्मेदवारी दर्ता गराउने क्रममा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. विक्रम तिमल्सिना, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजन गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिक्रिया 4