+

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’ सँग पराजित

२०८२ माघ  ६ गते १७:२३ २०८२ माघ ६ गते १७:२३
पहिलो अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’ सँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँगको पहिलो अभ्यास टी-२० खेलमा ६ विकेटले हार बेहोरेको छ।
  • नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका 'ए' ले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
  • नेपालको टोलीले दोस्रो र तेस्रो अभ्यास खेलपछि भारतमा एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ।

६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको पहिलो अभ्यास टी-२० खेलमा हार बेहोरेको छ ।

नेपाललाई श्रीलंका ए ले ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ए ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

श्रीलंका ए का लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । नुवानिदु फर्नान्डोले ३८ तथा सहान अराकिगेले अविजित ३३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । ओपनर आसिफ शेखले ४२ बलमा ६१ रन बनाए । आरिफ शेखले २७ बलमा ४२ रन बनाए । कप्तान रोहित पौडेलले ३१ रन बनाए ।

अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको दोस्रो खेल बिहीबार अनि तेस्रो खेल शनिबार हुनेछ ।

त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय