६ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले प्रचार प्रसारका लागि दुई साता समय पाउने भएका छन् ।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार फागुन ४ देखि १८ सम्म निर्वाचन प्रचारप्रसारको समय तय गरिएको छ ।
प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय दिइएको भएता पनि उम्मेदवारी दर्ता गरेर निर्वाचन चिह्न लिएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जान सक्नेछन् ।
मौन अवधि सुरु भएपछि भने प्रचारप्रसार गर्न पाइने छैन । आयोग निर्वाचन आचारसंहिता पालना गराउन कडाइका साथ प्रस्तुत हुने पनि भण्डारीले बताएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4