+
+
Shares

रुकुम पश्चिममा १२ दलको उम्मेदवारी दर्ता 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुम पश्चिममा आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जनाको उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।
  • मनोनयन दर्ता प्रक्रिया बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
  • माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र माघ ९ गते अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

६ माघ, रुकुम पश्चिम । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा तामझामका साथ उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज देशभरका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय थियो । बिहान १० बजे देखि बेलुकी ५ बजेसम्मको निर्धारित समयमा जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भएको हो । रुकुम पश्चिममा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

जिल्लामा दलका तर्फबाट मात्र उम्मेदवारी परेको छ । स्वतन्त्रबाट भने कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा प्रभाकर सहित राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का  छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा माओवादीबाट चन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी परेको छ ।

मनोनयन दर्ताका लागि दलका उम्मेदवारहरू बाजागाजा सहित तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मनोनयन दर्ताका कारण आज दिनभर मुसिकोट खलंगामा बाक्लो चहलपहल थियो । कार्यपालिका अनुसार आजै ७ बजे भित्र उम्मेदवारको सूचि प्रकाशन गरिने छ ।

माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?