फाइल तस्वीर ।
News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै प्रशासनले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको छ।
- गृह मन्त्रालयको निर्देशनपछि प्रशासनले निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियार चुनौतीपूर्ण बन्न सक्ने भन्दै हतियार बुझाउन भनेको हो।
- गृहमन्त्री ओमप्रकाश अर्यालले माघ महिनाभित्र सबैजसो लुटिएका हतियार फिर्ता ल्याउने प्रयास भइरहेको बताएका छन्।
७ काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ ।
गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन भनेका हुन् । निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्रशासन हतियार बुझाउन भनेको हो ।
यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउन भन्दै सूचना निकाल्दै आएको छ ।
यसका साथै गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ताका लागि प्रहरीले काम गरिहरेको बताएको छ ।
मंगलबार मात्रै गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री ओमप्रकाश अर्यालले माघ महिनाभित्र सबैजसो हतियार फिर्ता ल्याउने प्रयास भइरहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4