News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले तराई मधेशका जिल्लामा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- गृह मन्त्रालयले सामाजिक सञ्जालमा द्वेषपूर्ण अभिव्यक्ति सार्वजनिक गर्ने जो कोहीलाई कारबाही गरिने जनाएको छ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारीसँग धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा संयमता अपनाउन आग्रह गर्नुभएको छ।
२१ पुस, काठमाडौं । गृह मन्त्रालयले तराई मधेशका जिल्लाामा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गरी गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर शान्ति सुव्यवस्थामा खलल पुर्याउने जो कोहीलाई कारबाही गरिने जनाएको हो ।
केही व्यक्तिले फरक धर्मप्रति असहिष्णुता फैलिने गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि मधेश प्रदेशको धनुषा र पर्सामा पछिल्लो केही दिनदेखि प्रदर्शन हुँदै आएको छ ।
गृहका प्रवक्ता आनन्द काफ्लेले धनुषासहितका जिल्लामा निश्चित समुदाय र धर्म लक्षित अवैधानिक गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइएको बताए ।
साथै गृहमन्त्री ओमप्रकाश अर्यालले तराई मधेशका जिल्लामा भइरहेको गतिविधिबारे विभिन्न समुदायसँग समन्वयात्मक बैठक र केन्द्रीय सुरक्षा समितिको बैठक समेत गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
मन्त्री अर्यालले सोमबार पनि तराई मधेशका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीसँग शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता लगायततका विषयमा छलफल गरी संयमता अपनाउन आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया 4