+
+
WC Series
Nepal Women
0/0
VS
Netherlands Women
0/0
Shares

पाँचथरमा ५५ कार्टुन मदिरासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते ७:१४

८ माघ, पाँचथर । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् ।

भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुन, सिक्किमे गोल्ड ४ कार्टुन बरामद गरेको जनाएको छ । यो मदिरा अवैध भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार कार्टुनमा रहेको ६६० बोतल मदिरासहित शंकरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय झापा बुझाइएको छ ।

काठमाडौंबाट ताप्लेजुङतर्फ गइरहेको बसमा लुकाएर लैजाँदै गरेको मदिरा विशेष सूचनाका आधारमा फिदिमको जोरसालमा पक्राउ गरिएको कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?