+
+
Shares

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से परिसूचक बिहीबार ९.२३ अंकले बढेर २७१४ अंकमा पुगेको छ।
  • कारोबार रकम ९ अर्ब ७ करोड पुगेको छ, जसमा १६२ कम्पनीको मूल्य बढेको छ।
  • एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ।

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो ।

कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।

१६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो । बैंकिङ समूह ०.३१ तथा व्यापार १.१५ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।

विकास बैंक १.५१, होटल तथा पर्यटन १.२६, हाइड्रोपावर ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.२३ तथा अन्य समूह ०.३६ प्रतिशत बढे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । एक्सल डेभलपमेन्ट बैंकको ९.८७, रावा इनर्जीको ९, झापा इनर्जीको ८.४७ तथा बन्दीपुर केबुलकारको ८.२९ प्रतिशत मूल्य बढ्यो ।

कालिका पावरको सबैभन्दा धेरै ६.२५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?