News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभरका जनता २१ फागुनको निर्वाचनको प्रतीक्षामा रहेको बताए।
- प्रचण्डले मुलुक अझै संकटमा रहेको र दुर्घटना टरिसकेको अवस्था नभएको उल्लेख गरे।
- उनले भदौ २३ र २४ का घटनाहरूलाई उद्धृत गर्दै देशलाई चुनावमार्फतै बचाउनुपर्ने बताए।
९ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभरका जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा रहेको बताएका छन् । अहिले विद्यमान संकट निर्वाचनबाट मात्रै पार हुन सक्ने भन्दै प्रचण्डले सिंगो राष्ट्र निर्वाचनमय बनेको बताएका छन् ।
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले मुलुक अझै पनि संकटमा भने रहेको बताए । ‘देश अझै पनि संकटमा छ । दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन,’ २३ र २४ भदौका घटनाहरू उल्लेख गर्दै उनले भने, ‘देशभरका जनताबीच दरो एकता पैदा गर्न सकिएन भने दुर्घटना रोक्न सकिँदैन ।’
अरुको मुख ताकेर र हेरर बस्ने अवस्था नरहेको भन्दै प्रचण्डले पार्टीलाई थप एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।
जेनजी आन्दोलनपछिको संकटपूर्ण समयमा आफू र माधवकुमार नेपालले दिएको सल्लाहअनुसार नै मुलुक चुनावमा गएको भन्दै उनले यतिबेला सिंगो देश चुनावमय बनेको जिकिर गरे ।
‘भदौ २६ गते मैले र माधवकुमार नेपालले रातभर छलफल गर्यौं । देशलाई कसरी बचाउन सकिन्छ, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्वलाई कसरी जोगाउन सकिन्छ भनेर हामी चिन्तित थियौं,’ उनले भने, ‘त्यसैअनुसार अन्तरिम सरकार बन्यो । अहिले सिंगै राष्ट्र निर्वाचनमय भएको छ । जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा छन् ।’
प्रतिक्रिया 4