+
+
Shares

हरित अर्थतन्त्रतर्फ नेपालको ऐतिहासिक पाइला : वनमन्त्री चौलागाईं

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १८:५६

९ माघ, काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले हरित अर्थतन्त्र र कार्बन व्यापारका क्षेत्रमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको घोषणा गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले वातावरणीय सेवा र कार्बन उत्सर्जन न्यूनीकरणका माध्यमबाट मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मन्त्री चौलागाईंले सम्बोधनका क्रममा कर्मचारीतन्त्रीय झमेला र नीतिगत सुस्तताका कारण यो सम्झौता सम्पन्न हुन तीन वर्ष लागेको यथार्थलाई स्वीकार गरे ।

नयाँ नेपालको अवधारणा अनुरुप सरकारी प्रणालीमा सुधार ल्याउनु पर्नेमा उनले जोड दिए । यस सम्झौताले नेपालको प्राकृतिक स्रोतलाई आर्थिक लाभमा रूपान्तरण गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त ग रे।

‘हाम्रो प्रणालीमा रहेका केही कमजोरीले गर्दा यो प्रक्रिया लम्बिन पुग्यो, तर अब हामीले ती बाधालाई चिर्दै अघि बढ्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?