+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप

कपिल कोइराला कपिल कोइराला
२०८२ माघ १० गते १७:२१

१० माघ, काभ्रेपलान्चोक । काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन २ दिनको म्याद थप भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी भर्ना, छनौट तथा नियुक्ति समिति काभ्रे, दोलखा र रामेछापले निर्वाचन प्रहरीमा दरखास्त दिनका लागि माघ १० र ११ गते गरी दुई दिन म्याद थप गरिएको हो ।

निर्वाचन प्रहरीमा दरखास्त दिन ईच्छुकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले निर्वाचनको लागि काभ्रेमा २ हजार २ सय ६९ निर्वाचन प्रहरी माग गरिएकोमा २ हजार ४९३ जनाको आवेदन परेको थियो ।

निर्वाचन तालिका अनुसार सञ्चालन गरिएको शारीरिक, लिखित परीक्षा तथा अर्न्तवार्तामा २ हजार २८३  सहभागी भएका थिए । भोलि निर्वाचनको समयमा कोही नआएमा वैकल्पिक रूपमा राख्न नपुग्ने देखिएकाले दरखास्त दिनको लागि म्याद थप गरिएको शाहले भने ।  केन्द्रको परिपत्र अनुसार नै दरखास्तको लागि म्याद थप गरिएको हो ।

त्यस्तै, रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन आज र भोलिका लागि दुई दिन म्याद थप गरेको हो ।

निर्वाचनका लागि रामेछापमा आवश्यक  निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापन अनुसार पर्याप्त आवेदन नपरेपछि पुन: आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए ।

रामेछापमा १ हजार ३ सय ३३ निर्वाचन प्रहरी आवश्यक भएपनि हाल सम्म आवेदन दिएका ९ सय निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको प्रमुख भट्टले बताए ।

प्रतिनिधिसभा निर्वाचन कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुन: म्याद थप गरिएको भट्टको भनाइ छ ।

त्यस्तै  दोलखाको निर्वाचन प्रहरी भर्ना छनौट शाखा नियुक्ति समितिले समेत सूचना निकालेर भर्ना मिति थपेको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि स्वीकृत ‘निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत  कार्यविधि–२०८२’ अनुसार निर्वाचन प्रहरी पदपूर्ति गर्न निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन समितिले गत पुस २५ गते देखि माघ ३ गते सम्म निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आव्हान गरिएकोमा पर्याप्त आवेदन नपरेका कारण पुन: म्याद थप गरिएको प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

दोलखामा निर्वाचन प्रहरी १३०४ आवश्यक हुनेमा अझै ४७९ अपुग भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?