+
+
Shares

खोटाङमा माग अनुसार परेन निर्वाचन प्रहरी भर्नाका लागि आवेदन, फेरि थपियो म्याद

निर्वाचन प्रहरी भर्नाका लागि १० र ११ माघसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते २०:११

९ माघ, खोटाङ । खोटाङमा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थप गरिएको छ ।

माग गरेको संख्या अपुग भएपछि निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रोपल्ट म्याद थप गरेको हो ।

निर्वाचन प्रहरी भर्नाका लागि १० र ११ माघसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय वा नजिकको चार इलाका प्रहरी कार्यालयमा पुगेर आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय चिसापानी र इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा कुल १ हजार २८२ जना निर्वाचन प्रहरी भर्नाका लागि आह्वान गरिएको थियो । तर १ हजार १७३ जनाको मात्रै दरखास्त परेको थियो । त्यसमध्ये १ हजार ३९ जना मात्रै उत्तीर्ण भएको समितिले जनाएको छ ।

निर्वाचन प्रहरी भर्नाका लागि सरकारले २५ पुसदेखि १ माघसम्म दरखास्त दिने समय दिएको थियो । तर अपेक्षा अनुसार आवेदक नआएपछि ३ माघसम्म दरखास्त दिने म्याद थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?