+

कराते वान प्रिमियर लिगमा एरिकालाई रजत पदक

२०८२ माघ  ११ गते २१:४३ २०८२ माघ ११ गते २१:४३
कराते वान प्रिमियर लिगमा एरिकालाई रजत पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली करातेकी एरिका गुरुङले टर्किको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ मा महिला ६८ केजीमाथि रजत पदक जितिन्।
  • एरिकाले फाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४-२ ले पराजित भइन् र यसअघि समूह चरणदेखि सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन गरिन्।
  • एरिका र सोफिया बीच यो तेस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो, जहाँ सन् २०२३ को एसियाली खेलकुदमा पनि सोफिया विजयी भइन् भने एरिकाले २०औं एकेएफ च्याम्पियनसिपमा सोफियालाई हराएकी थिइन्।

११ माघ, काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् ।

टर्किको इस्तानबुलमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ अन्तर्गत महिला ६८ केजीमाथि आइतबार ऐएको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४-२ ले पराजित भएपछि रजतमै चित्त बुझाउन बाध्य भइन् ।

त्यसअघि फाइनलसम्म पुग्दा एरिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । ऐतिहासिक उपलब्धिबाट एक कदम टाढा पुगेकी एरिका फाइनलमा भने पराजित भइन् ।

एरिकाले समूह चरणमा चिलीकी खेलाडी गोन्जालेज लाभिन जाभेइरालाई २-१ ले र चेक रिपब्लिककी खेलाडी हाकोभा अमालीलाई ५-३ ले पराजित गर्दा जापानी खेलाडी सुगिता सुमाइरेसँग २-२ को बराबरी खेलेकी थिइन् ।

यस्तै क्वाटरफाइनलमा साइप्रसकी खेलाडी थेडोसिया जियोमौकीलाई ५-१ ले र सेमिफाइनलमा इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४-१ ले पराजित गर्दै एरिका फाइनल पुगेकी हुन् ।

एरिकाले गत वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । यस पटट एरिकाले त्यसमा अझ उत्कृष्ट खेल्दै फाइनलसम्म पुगेर इतिहास भने बनाइन् ।

अर्कोतर्फ सोफियाले क्रोएसियाका निकोलिना गोलोम्बोसलाई ३-१ ले हराएर फाइनल पुगेकी हुन् ।

एरिका र सोफियाबीच अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो पटक भेट भएको हो । यसअघि सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा सोफिया र एरिका फाइनलमा भिडेका थिए ।

त्यसपछि सोफिया विजयी हुँदै स्वर्ण जित्दा एरिकाले रजत जितेकी थिइन् । यस्तै चीनमै भएको २०औं एकेएफ कराते च्याम्पियनसिपमा भने एरिकाले सोफियालाई सेमिफाइनलमा हराएकी थिइन् ।

एरिका गुरुङ कराते वान प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय