+
+
Shares

शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १६:४३

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।

धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् ।

‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु, ‘ उनले भने, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बदलियर आएको पनि बताए ।

‘फागुन २१ को निर्वाचन योजनावद्ध होइन अकस्मात हो । फागुन २३ र २४ को घटना पनि अकस्मात हो । देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो,’ उनले भने, ‘यसपछि अरु पार्टी बदलिए- बलिएनन् थाहा भएन हामी बदलिएर, सोँच बदलेर आएका छौँ ।’

आजको दिनमा नयाँ भनेको माघमा अधिवेशन गरेर आएको नेपाली कांग्रेस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?