+

२५औं आहा रारा पोखरा गोल्डकपमा मनाङ मर्स्याङ्दीसहित १२ टोलीको सहभागिता

२०८२ माघ  १८ गते १०:३६ २०८२ माघ १८ गते १०:३६

पहिलोपटक फ्लडलाइटमा समेत आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशि पनि वृद्धि गरिएको छ।

२५औं आहा रारा पोखरा गोल्डकपमा मनाङ मर्स्याङ्दीसहित १२ टोलीको सहभागिता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा माघ २७ देखि फागुन ९ गतेसम्म २५औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १२ टोली सहभागी हुने आयोजकले जानकारी दिएको छ।
  • प्रतियोगितामा मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड लगायत भारत, हङकङ र उज्बेकिस्तानका क्लबहरू सहभागी हुनेछन्।
  • विजेता टोलीले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने संध्याकालीन खेलका लागि अस्थायी फ्लडलाइट जडान गरिनेछ।

१८ माघ, पोखरा । सहारा क्लब पोखराको आयोजनामा यही माघ २७ देखि फागुन ९ गतेसम्म हुने २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताामा १२ टोली सहभागी हुने भएका छन् ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरा तथा भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब, उज्बेकिस्तानको आभा फुटबल क्लब र भारतको अर्को एक क्लब सहभागी हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ।

विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि २४औं संस्करणमा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाएका थिए।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, एन्फा कास्की लगायतका निकायको सहयोग छ।

पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक अस्थायी फ्लडलाइट जडान गरी संध्याकालीन खेलहरू सञ्चालन गरिने आयोजकले यसअघि जनाइसकेको छ।

आहा रारा पोखरा गोल्डकप २५औं आहा रारा पोखरा गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय