+
+
Shares

सुस्त गति लिँदै अर्थतन्त्र, सबल अवस्थामा वाह्य क्षेत्र

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा पनि करिब २ खर्ब पुगेको आधारमा अर्थतन्त्रले सुस्त गति समाउन खोजेको स्पष्ट हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अर्थतन्त्र सुस्त गतिमा भए पनि पछिल्ला तीन महिनामा आर्थिक गतिविधि क्रमिक रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
  • मुद्रास्फीति कात्तिकको १.११ प्रतिशतबाट पुसमा २.४२ प्रतिशत पुगेको र निजी क्षेत्रमा कर्जा करिब २ खर्ब पुगेको तथ्यांकले अर्थतन्त्रमा सुधार देखाएको छ।
  • चालु आव ६ महिनामा निर्यात ४३.८ प्रतिशत र आयात १४.२ प्रतिशतले बढेको र कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ।

१९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो ६ महिना बितिसक्दा बल्ल अर्थतन्त्रले सुस्त गति देखाएको छ ।

समग्र मागमा कमी आएका कारण सुस्त भएको अर्थतन्त्रमा आर्थिक गतिविधि बढेको हो । चालु आव पछिल्लो तीन महिना क्रमिक रूपमा आर्थिक गतिविधि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार आर्थिक गतिविधि बढेपछि मूल्यवृद्धि पनि बढेको छ । चालु आव पछिल्ला तीन महिना ऋणात्मक हुन लागेको मुद्रास्फीति बढ्न थालेको तथ्यांकले पनि आर्थिक गतिविधि बढ्न थालेको देखाएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा पनि करिब २ खर्ब पुगेको आधारमा अर्थतन्त्रले सुस्त गति समाउन खोजेको स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकका अनुसार कात्तिकमा १.११ प्रतिशत रहेको मुद्रास्फीति मंसिरमा बढेर १.६३ प्रतिशत पुगेको थियो । त्यसैगरी पुसमा मुद्रास्फीति २.४२ प्रतिशत पुगेको छ ।

यो तथ्यांकका आधारमा पनि आर्थिक गतिविधि बढेको स्पष्ट हुन्छ । त्यस आधारमा पनि सुस्त रहेको अर्थतन्त्रले सुस्त गति लिन थालेको देखिन्छ ।

चालु आव ६ महिनासम्म अर्थतन्त्रको वाह्य क्षेत्र आवश्यकता भन्दा सबल अवस्थामा छ । तर, अन्तरिक गतिविधि बढ्न नसक्दा समग्र अर्थतन्त्र सुस्त भएको हो ।

अर्थतन्त्रको वाह्य क्षेत्रको कुरा गर्दा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड बचतमा छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ ।

चालु आव पुसको विप्रेषण (रेमिट्यान्स) आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड छ । चालु आव ६ महिनासम्मको कुल रेमिट्यान्स १० खर्ब ६२ अर्ब पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

६ महिनामा निर्यात ४३.८ प्रतिशत र आयात १४.२ प्रतिशतले बढेको छ । त्यसैगरी सोही अवधिमा नेपाल सरकारको खर्च ६ खर्ब ९० अर्ब २२ करोड र राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड छ ।

चालु आवको विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?