२० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरेका छन् । मंगलबार झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका हुन् ।
मतदातासँग कुराकानी गर्दा बालेनले शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए । जसको जवाफमा एक मतदाताले ‘बजेट छैन भने प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने’ दाबी गरेका थिए ।
त्यसपछि बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’
नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको भन्दै बालेनले मतदातालाई आश्वास्त पार्न खोजेका थिए ।
प्रतिक्रिया 4