+
+
Shares

झापामा रास्वपा सम्पर्क कार्यालय भवनको झ्याल तोडफोड

बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते ११:२०

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ ।

बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिए । रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको छ ।

चुनावलाई लक्षित गरी स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय खोलेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?