२३ माघ, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा दलित उम्मेदवार ८ प्रतिशत रहेका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार यो क्षेत्रमा मधेशी उम्मेदवार चार प्रतिशत छन् । बाँकी खसआर्य उम्मेदवार ५२ प्रतिशत र आदिवासी/जनजाति उम्मेदवार ३६ प्रतिशत रहेका छन् ।
यो क्षेत्रमा कुल मतदाताको संख्या ८३ हजार ३०१ रहेको छ । यसमध्ये पुरुष मतदाता ४० हजार ५८३ (४८.७२ प्रतिशत) र महिला मतदाता ४२ हजार ७१६ (५१.२८ प्रतिशत) रहेका छन् ।
यस क्षेत्रबाट २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । दलीय उम्मेदवार १५ जना र स्वतन्त्र उम्मेदवार १० जना छन् । पुरुष उम्मेदवारको संख्या २० र महिला उम्मेदवारको संख्या पाँच रहेको छ ।
नेकपा एमालेबाट विनोद श्रेष्ठ, नेपाली कांग्रेसबाट हिमाल कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट रुपा महर्जन श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रदिप विष्ट, राप्रपाबाट बल राम थापा, जनता समाजवादी पार्टी नेपालबाट भागरीत साह, नेमकिपाबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बर वहादुर पौडेल उम्मेदवार छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, श्रम संस्कृति पार्टीबाट धन बहादुर श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारहरूमा पुर्ण चन्द्र पौडेल, अनुज प्रधान, कबिता पुडासैनी (अधिकारी), कुमार खाकी श्रेष्ठ, कृष्ण कुमारी नेपाली, दिपक राज पाण्डे, देव कुमार श्रेष्ठ, बिनोद बुढाथोकी, मिन बहादुर बुढाथोकी, राज कुमार गिरी र सुलोचना परियार रहेका छन् ।

प्रतिक्रिया 4