२४ माघ, काठमाडौं । स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताएकी छिन् ।
क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको साइकल र्याली उद्घाटन गर्दै मन्त्री गौतमले सवै प्रदेशमा क्यान्सरको उपचारका लागि सरकारले सहज व्यवस्था गर्ने भन्दै उपचारमा कुनै कमी हुन नदिने बताएकी हुन् ।
एनले स्वास्थ्य क्षेत्रमा धेरै आवश्यकताहरू देखिएपनि त्यसलाई प्राथमिकीकरण गर्दै समस्या समाधान गरिने जानकारी दिइन् ।
मन्त्री गौतमले यस बर्षपनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप सञ्चालन गर्न लागिएको भन्दै यस्ता अवसरको लाभ उठाउन आग्रह गरिन् ।
उनले क्यान्सर रोगको रोकथामका साथै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सचेतना अपनाउनुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4