+

टी-२० विश्वकप : इटलीमाथि स्कटल्यान्डको सहज जित

२०८२ माघ  २६ गते १४:३५ २०८२ माघ २६ गते १४:३५
टी-२० विश्वकप : इटलीमाथि स्कटल्यान्डको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'सी' मा स्कटल्यान्डले इटलीमाथि ७३ रनले जित हासिल गरेको छ।
  • कोलकातास्थित इडेन गार्डेन्समा स्कटल्यान्डले २०८ रनको लक्ष्य दिएको थियो र इटली १३४ रनमा अलआउट भयो।
  • समूह 'सी' मा इंग्ल्यान्ड, नेपाल, र वेस्ट इन्डिजले पनि २-२ अंक जोडिसकेका छन्।

२६ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्यान्डले इटलीमाथि सहज जित हासिल गरेको छ ।

कोलकातास्थित इडेन गार्डेन्स मैदानमा भएको खेलमा स्कटल्यान्डले इटलीमाथि ७३ रनको फराकिलो जित हासिल गरेको हो ।

स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो । बेन मानेन्तीले ५२ तथा ह्‍यारी मानेन्तीले ३७ रन बनाए ।

स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए । मार्क वाटले २ विकेट लिए भने ब्राड्ली करी, ब्राड्ली ह्‍वील र ओलिभर डेभिडसनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो । जर्ज मन्सेले सर्वाधिक ८४ रन बनाएका थिए भने ब्रान्डन म्याकमुलेन ४१ रनमा अविजित रहे । माइकल जोन्सले ३७ अनि माइकल लिस्कले ५ बलमा अविजित २२ रन बनाए ।

इटलीका अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मट्सले १-१ विकेट लिए ।

नेपाल रहेको समूह ‘सी’ मा स्कटल्यान्डले पनि अंकको खाता खोलेको छ । यस समूहमा इंग्ल्यान्ड नेपाललाई अनि वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएर २-२ अंक जोडिसकेका छन् ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय