+
+
Shares

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १६:३२

२९ माघ, काठमाडौं । लागु औषध मुद्दाका फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ वर्षीय सागर खाती छन् । उनलाई सशस्त्र प्रहरीको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

सोही ठाउँको ठाडाटोल घर बताउने उनलाई बुधबार बेलुका सशस्त्र प्रहरी बल नेपाल निर्वाचन सुरक्षा बेश सन्तपुर रौतहटले नियन्त्रणमा लिएको हो ।

उनी जेनजी आन्दोनको क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागार  काठमाडौंबाट फरार भएका थिए । नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?