+
+
Shares

स्याङ्जा जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १२:३५

२ फागुन, स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । बिहीबार साँझ ५ बजेदेखि कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले सम्हालेको हो ।

सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकबाट २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा दिँदै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति अपनाइएको छ । सोही निर्णयको कार्यान्वयनस्वरूप स्याङ्जा कारागारमा पनि सेना तैनाथ गरिएको बताइएको छ ।

सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकका निमित्त गुल्मपती सहसेनानी कल्याण थापाका अनुसार स्याङ्जा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हालिसकेको छ । उनले सरकारको निर्देशनअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको जानकारी दिए ।

कारागार सुरक्षामा सेनाको प्रत्यक्ष संलग्नतासँगै सुरक्षा व्यवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

-राम बहादुर रोकाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?