News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनासँग करिब ३ हजार पेस्तोल सापटी मागेको छ।
- प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागेको पुष्टि गरेका छन् ।
- प्रहरीसँग भएका केही हतियार जेनजी आन्दोलनका बेला लुटपाट भएका थिए ।
१८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ ।
आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको हो ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागेको पुष्टि गरे पनि कति संख्यामा हतियार माग गरेको भन्ने खुलाउन चाहेनन् ।
प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ ।
यो पटक पनि हतियार अपुग भएपछि सापटी माग गरिएको हो । प्रहरीसँग भएका केही हतियार जेनजी आन्दोलनका बेला लुटपाट समेत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4