२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरूको वर्चश्व रहेको उल्लेख गरे ।
साथै, नेपाली कांग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गरे ।
‘नेपालको राष्ट्रिय राजनीतिमा मूलत: बामपन्थी विचार र शक्तिहरुकै वर्चश्व रह्यो । मैले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रुपमा लिएको छु । किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रुपमा लिने गरिन्छ । यो ७० वर्ष लामो बैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादनै हावी रह्यो,’ थापाले भनेका छन् ।
उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, मार्क्सवाद र समाजले डोहोर्याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गरे ।
‘एकातिर नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्पराप्रति आस्था राख्ने र त्यसैबाट निश्रित वैचारिक अवधारणाबाट अनुप्राणित छ । वैदिक कालदेखिका मूल्य र मान्यताले नेपाली समाजमा बलियो जरो गाडेर बसेको छ । एकातिर प्राचिन वैदिक मूल्य र मान्यता र परम्परा नेपाली समाजको विशिष्ट चरित्र हो,’ उनले भने, ‘तर अर्कोतर्फ राजनीतिक रुपमा भने त्यसको ठिक विपरित मान्यता राख्ने साम्यवाद, मार्क्सवादवाद, समाजवादले हाम्रो समाजलाई डोहोर्याउने, नेतृत्व दिने काम गर्यो । त्यो विरोधाभाषले मलाई घच्घच्याई राखेको थियो । त्यो बिडम्वनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
प्रतिक्रिया 4