+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी चौधरीले बताए । टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

कमल अधिकारी कमल अधिकारी
२०८२ फागुन २ गते १७:३४

२ फागुन, पाल्पा । पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ लोकमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु २ ख १८८३ नम्बरको टिप्पर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीका अनुसार दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी चौधरीले बताए । टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?