+
+
Shares

होली गीत होरी लिएर आए गायक कृष्ण विक, भिडियोमा राजेश र उषाको अभिनय

गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वरान होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वरमा होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
  • भक्तपुरमा दुई दिन छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक महत्वलाई देखाएको छ।
  • निर्देशक सरोज खड्काले सुदूरपश्चिमको संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले यो गीत ल्याएको बताउनुभयो।

८ फागुन, काठमाडौं । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वरान होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका मार्फत देखाउन खोजेका छन् ।

जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको अभिनय देख्न सकिन्छ ।

भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण युनिटको दाबी छ । निर्माण युनिटले भिडियोले होली आइसकेको महसुस गराउने विश्वास लिएको बताएको छ ।

सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्का बताउँछन् ।

भिडियोमा राजेश र उषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ । राम अबिरल विष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत छ ।

पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण विको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो ।

कृष्ण डेढ दशकभन्दा बढी समयदेखि नेपाली संगीतमा सक्रिय छन् । उनका ‘आँखा मार्ने’ ‘रातो टिकी’ ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’सहित २ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?