+
+
Shares

राष्ट्रिय आर्थिक गणना अन्तर्गत गुणस्तरीय तथ्यांकका लागि मुख्य प्रशिक्षक प्रशिक्षण

कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणना अनुभवलाई पूर्णरूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ।
  • प्रशिक्षणले जिल्ला आर्थिक गणना अधिकारी र गणकलाई तालिम दिने र तथ्यांक संकलन अनुगमन सहजीकरण गर्ने उद्देश्य राखेको छ।
  • यसपालि आर्थिक गणनामा ई–गणना प्रविधि समावेश गरी कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने योजना बनाइएको छ।

१० फागुन, काठमाडौं । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।

जिल्ला आर्थिक गणना अधिकारी र गणक/सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्यांक संकलन अनुगमन सहजीकरण गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । छलफलमा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रविधिमैत्री र विश्वसनीय बनाउने विषयमा जोड दिएको छ ।

कार्यक्रममा कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणना अनुभवलाई पूर्णरूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताए ।

यसपालि गणनामा आधुनिक प्रविधि प्रयोग स्वरूप ई–गणनालाई समेत समावेश गरिएको जानकारी दिए । जसले कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । प्रशिक्षणमा उच्चस्तरको जवाफदेहिता र विषयवस्तुको सही बुझाइ हुनुपर्नेमा जोड दिइयो ।

सहभागीलाई प्रशिक्षण सामग्री बुझाइमा देशभरि एकरूपता ल्याउन र प्रभावकारी ढंगमा तालिम प्रदान गर्न निर्देशन दिइएको छ । फिल्डमा आउन सक्ने समस्या पहिचान, समाधान उपाय र सक्रिय सहभागिताका लागि प्रशिक्षक तयार पारिने भएको छ । तथ्यांकको गुणस्तर तालिम गुणस्तरमा भर पर्ने भएकाले यसलाई गम्भीरता साथ लिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?