News Summary
Generated by OK AI. Editorially reviewed.- माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक प्रशिक्षणबाट ८० खेलाडीबाट ३० खेलाडी छनोट भएका छन्।
- नेपाल समूह 'ए' मा माल्दिभ्स, भुटान र श्रीलंका सँग परेको छ र मार्च २३ मा भुटानसँग पहिलो खेल खेल्नेछ।
- प्रतियोगितामा समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् र सेमिफाइनल अप्रिल १ मा, फाइनल अप्रिल ३ मा हुनेछ।
१३ फागुन, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणबाट ५० खेलाडी बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ८० खेलाडी समावेश रहेको प्रारम्भिक चरण प्रशिक्षणबाट खेलाडी संख्या ३० मा झारेका हुन् ।
आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
नेपालले मार्च २३ मा पहिलो खेलमै भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलंका र तेस्रो खेल मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल अप्रिल १ मा फाइनल अप्रिल ३ मा हुनेछ ।

प्रतिक्रिया 4