+
+
Shares

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १८:५९

१३ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सबै पक्षलाई आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायीत्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले संभावित अवाञ्छित गतिविधिहरु नगरी वा नगराई नागरिकको मानव अधिकारको सम्मान गर्न र सन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सवै पक्षलाई आग्रह गरेका हुन् ।

सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन, अरुप्रति लक्षित अमर्यादित र घृणायुक्त एवम् सामाजिक तथा साँस्कृतिक सद्भाव विथोलिने अभिव्यक्ति नदिन र त्यस प्रकारका सामग्री प्रकाशन/प्रसारण नगर्न समेत सवै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

उनले निर्वाचनको खर्च समेत पारदर्शी हुनुपर्ने पनि बताए । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नुपर्ने प्रावधान निकै व्यवहारिक भएको भन्दै उनले बैंक खातामा पारदर्शिता हुनुपर्ने उल्लेख गरे ।

मगरले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई समेत कानूनी कारवाहीमा ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?