+
+
Shares

आचारसंहिता विपरीतका घटनामा कारबाहीका लागि ढिलो नगर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले निर्वाचन अयोगसँग आचारसंहिता विपरीतका घटनाहरूमा कारबाहीका लागि ढिलो नगर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १८:०६

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन अयोगसँग आचारसंहिता विपरीतका घटनाहरूमा कारबाहीका लागि विलम्ब नगर्न माग गरेको छ ।

कांग्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आचारसंहिता विपरीतका घटनाहरूमा कारबाहीका लागि विलम्ब नगर्न आयोगसँग माग गरेको हो ।

‘आचारसंहिता विपरीतका घटनाहरूबारे छानबिन गर्दै तत्काल कडाभन्दा कडा कारबाही गर्ने सवालमा कुनै विलम्ब नगर्न हामी निर्वाचन आयोग समक्ष जोडदार माग गर्दछौं,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सदाझैं निर्वाचनमा आचारसंहिताको पालनालाई प्रमुख प्राथमिकता दिइएको भन्दै आचारसंहिताको अवमूल्यन र उल्लंघन गर्नु आधारभूत लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको स्मरण गराएको छ ।

चुनाव प्रचारका क्रममा आ–आफ्ना दलका नीति र मान्यताहरू जनतासमक्ष राख्नु स्वभाविक मानिन्छ पनि नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति अनुचित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत हो । जनताले भयरहित वातावरणमा आफ्नो मतदान गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दछौं,’ कांग्रेसले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?