+

एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

२०८२ फागुन  १४ गते १८:३९ २०८२ फागुन १४ गते १८:३९
एनएनआईपीए स्पोर्ट्स अवार्ड चैत २० मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ चैत २० गते आयोजना हुने भएको छ।
  • महासचिव शिवसुन्दर गोथेले काठमाडौं उपत्यका बाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको जानकारी दिए।
  • अवार्ड समारोहमा २७ खेलका खेलाडीलाई सम्मान गरिनेछ।

१४ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ चैत २० गते हुने भएको छ ।

अवार्ड कार्यक्रम स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् ।

महासचिव गोथेका अनुसार काठमाडौं उपत्यका बाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको हो । विभिन्न २७ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई सम्मान गरिने छ ।

त्यसबाहेक समान १–१ पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभासाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिने छ ।

एनएनआईपीए स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय