News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
- प्रचण्डले सन्तुलित र स्वाभिमानी विदेश नीति अपनाउने र आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
- उहाँले रोजगार सिर्जना, कृषि र उद्योगमा जोड, नवप्रवर्द्धन र प्रबिधि प्रवर्द्धनका लागि जनताको मत माग्नुभएको छ।
१७ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् ।
मतदानको पूर्वसन्ध्यामा अफि जारी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले भनेका छन्, ‘जनताको मत हामीलाई शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायीत्व, सुशासन र समृद्धितिर लैजान चाहिएको हो ।’
सन्तुलित र स्वाभिमानी विदेश नीति अपनाउने पनि उनको प्रतिबद्धता छ ।
संयोजक प्रचण्डले आर्थिक विकास र सुशासनका लागि समेत काम गर्ने भन्दै उनले मत मागेका छन् ।
उनी अगाडि भन्छन्, ‘रोजगार र उत्पादनमुखी अर्थतन्त्रका लागि, कृषि र उद्योगलाई जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न, युवालाई विदेशिन नपर्ने वातावरण बनाउन, नवप्रवर्द्धन, प्रबिधि र उद्यमशिलता प्रवर्द्धन गर्न जनताको मत चाहिएको हो ।’
प्रतिक्रिया 4