+
+
Shares

एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १८:०२
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ र एक व्यक्तिले एकपटकभन्दा बढी मतदान गर्न पाइँदैन।
  • निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटकभन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ।

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ । कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।

निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।

आचारसंहितामा प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ ।

कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ ।

सञ्चार माध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?