+
+
Shares

हेलिकप्टरबाट बल्ल गणनास्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा क्षेत्र नम्बर १ को चुमनुव्री गाउँपालिकाका २३ मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट मतगणना स्थलमा ढुवानी गरिएको छ।
  • मतगणना जिल्ला समन्वय समितिको भवनमा सर्वदलीय बैठक बसेर सुरु गरिने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
  • गोरखा १ मा रास्वपाका सुधन गुरुङ, नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपा एमालेका रामचन्द्र लामिछाने लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

२२ फागुन, गोरखा । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उत्तरी गोरखास्थित चुमनुव्री गाउँपालिकाको मतपेटिकाहरू हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सो क्षेत्रका २३ मतदान केन्द्रको पेटिका मतगणना स्थल ल्याइएको हो । सो क्षेत्र अन्तर्गतका अन्य मतदान केन्द्रको मतपेटिका भने बिहीबार राति नै संकलन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अब सर्वदलीय बैठक बसेर मतगणना सुरू गर्ने बताइएको छ । गोरखा १ को मतगणना जिल्ला समन्वय समितिको भवनमा हुनेछ । यस क्षेत्रमा रास्वपाका सुधन गुरुङ, नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेकपा एमालेका रामचन्द्र लामिछाने, नेकपाका हरिराज अधिकारी, राप्रपाका केदारमणि खनाल लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?