+
+
Shares

१९ पटक मन्त्री भएका शरतसिंह हराउँदै रास्वपाका दीपक विजयी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भई रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन्।
  • दीपककुमार साहले ३२ हजार ७२२ मत ल्याएर जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीलाई पराजित गरेका छन्।
  • भण्डारीले १० हजार १९८ मत पाउँदा नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याएकी छन्।

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ को मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् ।

उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरे ।

दीपककुमार ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।

नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए । त्यस्तै नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत ल्याउँदा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत ल्याए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?